२०८२ मंसिर ९ गते मंगलवार
प्रदेश-१ मा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संस्थापनइतर पक्षका सांसदहरूले नै ‘फ्लोर क्रस’ गर्ने तयारी गरेको चर्चा भइरहेको छ ।
फ्लोर क्रस गर्न चाहने सांसदहरू ज्योति सुब्बा र नबोदिता कुमारी चौधरी रहेको स्रोतले जनाएको छ । दुवै जना समानुपातिक सांसद हुन् । सुनसरीका उनीहरू कांग्रेसमा संस्थापनइतर पक्षमा मानिन्छन् ।
नाम नखुलाउने सर्तमा एक सांसदले भने, ‘माननीयहरू ज्योति सुब्बा र नबोदिता चौधरीले फ्लोर क्रस गर्ने चर्चा छ, के हुन्छ थाहा छैन र अन्य दलबाट पनि तीनरचार जना सांसदले फ्लोर क्रस गर्न सक्ने भनिँदै आएको छ ।’
कांग्रेसका सांसदद्वय सुब्बा र चौधरी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने पक्षमा उभिँदै आएका छन् । संसदमा प्रमुख विपक्षी दल कांग्रेस भएकोले अन्य साना दलले नभई कांग्रेसले नै प्रदेश सरकारको नेतृत्व गर्नुपर्ने उनीहरूको जिकिर छ ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव गरेको अवस्थामा फ्लोर क्रस गरेर मत दिनुहुन्छ रु भन्ने फरकधारकर्मीको प्रश्नमा सांसद सुब्बाले भनिन्, ‘अहिले केही भन्न सकिँदैन त्यस सम्बन्धमा, पछि थप कुरा भनौंला ।’
तर, मुख्यमन्त्री कांग्रेसकै हुनुपर्ने पक्षमा दबाब भने जारी रहेको बताएकी छन् । पार्टीको संसदीय दलले आफूहरूको कुरा नसुनेको उनको गुनासो पनि छ ।
कांग्रेसका यी दुई सांसदबाहेक अन्य चार सांसदले फ्लोर क्रस गर्ने चर्चा चल्दै आएको छ । उनीहरू कुन दलका हुन् भन्ने खुल्न बाँकी छ ।
चर्चा चलेअनुसार कांग्रेसका यी दुई सांसदसहित ६ जनाले विश्वासको मत दिएको अवस्थामा मुख्यमन्त्री भीम आचार्य नेृतत्वको एमाले सरकार टिक्ने छ ।
हाल ताप्लेजुङको प्रदेश ९ख० का सांसद टङ्क आङ्बुहाङ पदमुक्त भएपछि प्रदेश संसदमा ९२ जना सांसद छन् ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन ४७ सांसदको मत चाहिन्छ । जबकि, एमालेको ४१ सांसद छन् । यसरी फ्लोर क्रस गर्ने सूचना पाएपछि प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसले सूचना पठाइसकेको छ । सत्तारुढ एमालेले पनि बैठक स्थगित गर्न निवेदन प्रदेश संसद सचिवालयमा दर्ता गराइसकेको छ।
‘फ्लोर क्रस’ गर्ने चर्चा रहेका सांसदको मन्त्री हुने दाउ
मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत फ्लोर क्रस गरेर भए पनि दिन लागेको भनेर चर्चामा रहेकी दुई कांग्रेस सांसदले मन्त्रीका लागि ‘बार्गेनिङ’ पनि गर्दै आएको कांग्रेसकै एक सांसदले बताएका छन् ।
‘उहाँहरूले मन्त्रीका लागि बार्गेनिङ गर्नु भएको छ, नभए फ्लोर क्रस गर्ने भन्ने होला तर त्यसरी हुँदैन’, ती सांसद बताउँछन् ।
प्रदेश १ को मुख्यमन्त्रीका लागि कांग्रेसबाट राजीव कोइरालाले पनि दाबी गर्दै आएका छन् । उनी सुनसरीको संघीय निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट निर्वाचत भएका हुन् ।
संसदको प्रमुख विपक्षी दलको हैसियतले प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने उनको अडान छ । तर, कांग्रेस, माओवादसहितको पाँच दलीय गठबन्धनले भने प्रदेश(१ मा सत्ता नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्नेगरी भागबण्डा गरिसकेको छ ।
उक्त दलले मुख्यमन्त्रीको उम्मेदवार राजेन्द्र राईलाई बनाउने तयारी गरेको छ । त्यसका लागि राई संसदीय दलको नेता पनि चयन भइसकेका छन् ।
प्रदेश संसदमा कांग्रेसको २१ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को १६ जना, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० जना, जनता समाजवादी पार्टी, नेपालको तीन जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना सांसद छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij