२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख ५ हजार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ ।
विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्रदेशको मतदाता सङ्ख्या ३४ लाख २२ हजार ८६९ थियो ।
मकवानपुर जिल्लामा गत २०७९ को निर्वाचनमा तीन लाख दुई हजार २४ जना मतदाता रहेकामा राष्ट्रिय परिचयपत्रको तथ्याङ्कबाट सात हजार ६३३ जना र प्रदेश निर्वाचन कार्यालयमा दर्ता भएका छ हजार ९७० जना नयाँ मतदाता थप भएका बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij