२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५२ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय १५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij