Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी


  • 344
    Shares

    विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
    images

    विराटनगर । विराटनगरको मेन बजारमा आगलागी भएको छ । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको हो ।

    आगलागी भएको क्षेत्र जलजला मोडनजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा पर्छ । उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर

    महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - ११:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij