Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

नेक्सजेन म्यानेजमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्दै

नेक्सजेन म्यानेजमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्दै


  • 176
    Shares

    नेक्सजेन म्यानेजमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्दै
    images

    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० अंकित दरका १५,००,००० कित्ताले हुन आउने १५,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

    उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फवाट प्रबन्ध संचालक श्री रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा मिति २०८२ मंसिर ०८ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ । 

    नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ शेयरको अंकित मुल्य भन्दा बढी रहेको छ ।

    कम्पनीका अध्यक्ष पूर्व बैंकर्स तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेको नेक्सजेनको सम्झौता कार्यक्रममा सेयर धनी विजय बहादुर शाह र कमल पन्थीको समेत उपस्थिति थियो।

     

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - ११:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij