Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

वालिङ नगरपालिका : शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

वालिङ नगरपालिका : शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा


  • 7.8K
    Shares

    वालिङ नगरपालिका : शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
    images

    स्याङ्जा । वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ। एक महिने तयारी कक्षा सुरु गरिएको हो। बढ्दो बेरोजगार न्यूनिकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उदेश्यले स्वास्थ्य सेवातर्फ अहेबरअनमीको एकमहिने निशुल्क तयारी सम्बन्धी प्रशिक्षण सुरु गरेको नगरपालिकाले जनाएको छ।

    ‘मानव संसाधनको विकास समृद्धिको निकास(समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नगरपालिकाले लोकसेवाको प्रशिक्षण कक्षा सञ्चालन गरेकोे नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। उनले भने ‘आउने दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरुका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने तयारी भएको छ।’

    काठमाडौँ, पोखरा तथा वालिङका अनुभवी प्रशिक्षकद्धारा प्रशिक्षण दिईने भएको छ। सैद्धान्तिक र प्रयोगात्मक विधिद्धारा कक्षा सञ्चालन गरिने उपप्रमुख कल्पना तिवारीको भनाई छ। तयारी कक्षा सञ्चालनमा सहभागी हुन आशय सहित परेका आवेदनहरुका आधारमा अहिले ८० जना महिला पुरुष प्रशिक्षार्थीहरु सहभागी छन्।

    निजामति तथा अन्य सेवामा स्याङ्जाको महत्वपूर्ण पहिचान छ। गतवर्ष पनि नगरपालिकाले नायब सुब्बा र खरिदारको तयारी कक्षा सञ्चालन गरेको थियो। सो कक्षाको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिकतर्फको प्रशिक्षण सबैका लागि सहज बनाउन निशुल्क उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए।

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १३:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij