२०८२ मंसिर ९ गते मंगलवार
।काठमाडौं । जेन्जी आन्दोलनक्रममा काठमाडौँको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी आगजनी र लुटपाटका बेला जलेका ७ जना मानिसको डिएनए स्याम्पल समेत निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।
मानव शरीरजस्तो कंकालमात्र भेटिएको खरानी परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको भए पनि सबै जलेका कारण स्पाम्पल निकाल्न समस्या भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनले भने, ‘यसबीचमा जेन्जी आन्दोलनकै बेला हराएका ७ जना पुरुषका आफन्त हाम्रो सम्पर्कमा आएका छन् । तर डिएनए स्याम्पल नै निकाल्न नसकिएका कारण आशंकितहरुको म्याच गर्न सकिएको छैन । शव जलेर आगोले पूर्णरुपमा नष्ट भएकाले डिएनए स्याम्पल पाउन सकिएन । विशेष प्रविधि भएको देशमा पठाउन सकिन्छ कि भनेर प्रयास भइरहेको छ ।’
जेन्जी आन्दोलनक्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीभित्र ७ वटा मान्छे जलेको अवस्थामा खरानीको आकारमा भेटिएका थिए
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij