Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते


  • 2.8K
    Shares

    सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते
    images

    सल्यान । सल्यानमाजिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिकानिवासी १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको जिल्लाप्रहरी कार्यलय सल्यानले जनाएको छ ।

    आइतबार विहानकरिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीपकपुरकोट ३ स्थित मुलपानीबनस्पतिउद्याननजिकै दुर्घटनामा परेको जिल्लाप्रहरी कार्यालय सल्यानकासुचनाअधिकारीअर्जुन पौडेलले जानकारी दिनु भयो । दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमाभइ रहेको छ ।

    घाइतेहरुमाबागचौर नगरपालिका वडा न १ कानिवासीअन्दाजी १४ वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज वस्नेत, बानपा २ काअन्दाजी २७वर्षिय सितावली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालकबानपा २ का १९ वर्षिय हिक्मतपुन मगर रहेको प्रहरीले जनाएको छ । बबिताको अवस्थागम्भीर भए पछि थपउपचारकालागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै बानपा २ कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।उनको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटर भन्दातलखोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १२:४६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij