Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

माओवादी कार्यकर्तालाई एमालेको वडाध्यक्ष बनाएपछि...

माओवादी कार्यकर्तालाई एमालेको वडाध्यक्ष बनाएपछि...


  • 3.7K
    Shares

    माओवादी कार्यकर्तालाई एमालेको वडाध्यक्ष बनाएपछि...
    images

    काठमाडौं । शनिवार भएको एमालेको वडा अधिवेशनमा आफूलाई झुक्याएर वडाध्यक्षमा मनोनयन गरेको भन्दै एक माओवादी कार्यकर्ताले आपत्ति प्रकट गरेका छन्।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ का रुद्र सापकोटालाई सिन्धु एमालले वडाध्यक्षमा चयन गरेको थियो।

    वडा ४ को वडाध्यक्षमा चयन गरेपछि सापकोटाले एव विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर वडाअध्यक्ष बनाएको आरोप लगाएका छन्। उनले आफूले हालै नवीकरण गरेको माओवादीको सदस्यतासमेत सार्वजनिक गरेका छन्।

    "तपाईसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु। साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नै नवीरकर गरिसकेकोले सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु," उनले भनेका छन्।

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १२:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij