२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएपछि शुक्रवार पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकमा निर्वाचन तयारीबारे छलफल हुन लगेको स्रोतले बतायो ।
गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी २०७८ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभा विघटनको सिफारिशपछि शुक्रवार पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij