Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी २३ बर्षीय युवती जो बनिन् अहिलेसम्मकै कम उमेरमा निजामतीमा उच्च तहमा नाम निकाल्न महिला

यी २३ बर्षीय युवती जो बनिन् अहिलेसम्मकै कम उमेरमा निजामतीमा उच्च तहमा नाम निकाल्न महिला


  • 49.6K
    Shares

    यी २३ बर्षीय युवती जो बनिन् अहिलेसम्मकै कम उमेरमा निजामतीमा उच्च तहमा नाम निकाल्न महिला
    images

    काठमाडौं । एक युवती अहिले भारतभर चर्चित भइरहेकी छिन् । संघ लोक सेवा आयोग (यूपीएससी) ले २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस पटक २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी रिया डाबीले पनि नाम निकाल्न सफल भइन् । उनले भारतमा १५ औं स्थान हासिल गरिन् ।

    रियाले २३ वर्षको उमेरमा परीक्षा उर्तीण गरेकी हुन् । उनी भारतीय प्रशासनिक सेवा (आईएएस) मा सफल हुने सबैभन्दा कान्छी उम्मेदवार बनेकी छिन् ।

    रियाका अनुसार उनले आफ्नी आमाबाट प्रेरणा लिने गरेकी छिन् । उनकी आमा दुई छोरीहरु आईएएस अधिकारी भएको हेर्न चाहान्थिन् । रिया भारतभर शीर्ष १५ मा पर्दा धेरै खुसी छिन् ।

    उनले पहिलो प्रयासमा नै यो सफलता हासिल गरेकी हुन् । रिया चित्रकलाको धेरै शौकीन छिन् । उनी आफैंले चित्रहरु बनाउँछिन् । परम्परागत चित्रकलाले उनलाई यूपीएससीमा धेरै मद्दत गरेको छ ।

    उनकी आमा हिमानी डाबी भन्छिन् कि उनका दुबै छोरीहरुले उनलाई सम्मान दिएका छन् । रिया ले लेडी श्री राम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

    टीना डाबीले भने दिल्ली विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेकी छिन् । रियाका आमा बुबा पनि कर्मचारी नै हुन् । रियाले दिदी टीना सधैं उनको मार्गदर्शक हुने जानकारी गराइन् ।

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १६:४३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij