Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बढुवा सम्बन्धी प्रदेश नं. २ लोकसेवा आयोगले जरुरी गर्यो यस्तो सूचना

बढुवा सम्बन्धी प्रदेश नं. २ लोकसेवा आयोगले जरुरी गर्यो यस्तो सूचना


  • 10.7K
    Shares

    बढुवा सम्बन्धी प्रदेश नं. २ लोकसेवा आयोगले जरुरी गर्यो यस्तो सूचना
    images

    काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश नं. २, जनकपुरधाम प्रशासन शाखाले जरुरी सूचना प्रकाशित गरेको छ । प्रदेश निजामती सेवाका अधिकृत एघारौं (प्राविधिक) पदको बढुवाको सूचना जारी गरिएको हो ।

    Loksewa-1.jpg

    जारी सूचनामा भनिएको छ, ‘बढुवाबाट पूर्ति गर्नुपर्ने देहायका पदहरुका लागि प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम प्रदेश निजामती सेवाका सम्भाव्य उम्मेदवारहरुले प्रदेश लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई दरखास्त दिनुहुन सूचना गरिन्छ । दरखास्त फाराम प्रदेश लोक सेवा आयोग, प्रदेश नं.२ को वेबसाइट ppsc.p2.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

    सम्बन्धित उम्मेदवारले एकप्रति दरखास्त फाराम स्पष्टसँग भरी दरखास्त पेश गर्ने अन्तिम मितिभित्र आयोगको कार्यालयमा बुझाई सक्नु पर्नेछ । म्याद नाघी प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

    यसरी पर्न आएका दरखास्त फारामहरुलाई आयोगको कार्यालयले प्राप्त हुन आएको बढुवा सूचना नम्बर अनुसार एकमुष्ट रुपमा सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउने प्रबन्ध गर्नेछ ।’

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १४:३०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij