२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । पूर्व आईजीपीको निवास र काठमाडौंका विभिन्न स्थानबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
एभोकाडो चोरी गर्नेको खोजी गर्न महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली परिचालन गरिएको थियो। संयुक्त टोलीले निगरानी गरेर उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङ जानकारी दिए।
पक्राउ पर्नेहरूमा रामेछाप र काभ्रेका युवाहरू रहेका छन्। उनीहरूले यसरी चोरी गरेको फलफूल पसलमा लगेर बेच्ने गरेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराको घरमा रहेको एभोकार्डो चोरी भएपछि उनले प्रहरीलाई खबर गरेका थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij