Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८ पुग्यो

फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८ पुग्यो


  • 813
    Shares

    • images
    फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८ पुग्यो

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १०८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो ।

    निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् ।

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - ११:४८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij