Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य


  • 260
    Shares

    सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य
    images

    काठमाडौं । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमाडौं गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो ।

    काठमाडौंका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

    चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको हो । चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुईरदुई तथा रवि बोपाराले एक विकेट लिए ।

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १३:४८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij