२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
धरान उपमहानगरपालिका-८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी-५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij