Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने

उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने


  • 1.3K
    Shares

    उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने

    काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा घोषणासभा हुने जानकारी गराइएको हो ।

    पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहनेछन् । सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उज्यालो नेपाल पार्टी समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, सङ्गठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको नेताहरूले बताएका छन् ।

    1764316517851blob_g53SYAy9MR.jpg

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १४:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij