Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण


  • 820
    Shares

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

    काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष श्री दिनेश सरियाले औपचारिक रुपमा सपथ ग्रहण गरेका छन्। नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री जनक राज शर्मा ज्यूले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेका हुन्।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री शुसिल देव सुवेदी, निर्देशक श्री शाम्भ राज लामिछाने, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका मानव संसाधन प्रमुख श्री विष्णु प्रसाद घिमिरे, कम्पनी सचिव श्री राजेन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो।

    सपथ ग्रहणपछि श्री सरियाले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १४:००:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij