२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार ६२२ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँचजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij