२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा बैंकको १९औं साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा सञ्चालक समितिको आव २०८१\८२ को वार्षिक प्रतिवेदन, एनएफआरएस बमोजिम तयार गरिएको वासलात, नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पारित भएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८१\८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापुँजीको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३ करोड ८८ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष ०६५\६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गरेको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij