Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड


  • 1.1K
    Shares

    हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकरणका लागि आफूहरूको ध्यान एमालेतिर पनि रहेको बताएका छन् ।

    एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताएका हुन् ।

    १५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डको दाबी गरेका छन्। देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टी आशा र नयाँ भरोसाका साथ हेरिरहेको उनको भनाइ छ ।

    उनले भने, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं, हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ती, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ती हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १७:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij