२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या पाँच हजार ३९३ रहेको छ ।
अहिले देशभर २० हजार १६४ जना होम आइसोलेसनमा, एक हजार ३६० जना संस्थागत आइसोलेसनमा, ३३५ जना आईसीयू तथा १०७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij