Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो


  • 5.0K
    Shares

    अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो
    images

    काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलनमा सरेको छ । असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

    तयारी नपुगेपछि क्रान्तिकारीले सम्मेलन सारेको हो । मंगलबार पार्टी अध्यक्ष पुष्पकलम दाहाल र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उनले बताए । क्रान्तिकारीको अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन र ६० वटा मात्र जिल्ला सम्मेलन भएका छन् ।

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने राष्ट्रिय सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुनेछन् । बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा हुनेछ । यसअघि क्रान्तिकारीले भदौ २६ मा विधान सम्मेलन गरेको थियो ।

    विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति हुने निर्णय गरेको थियो । २०७४ सालमा क्रान्तिकारीको २१ औँ सम्मेलन भएको थियो ।

     

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १५:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij