२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । धनगढीको रङ्गशालास्थित क्रिकेट प्रशिक्षण हुने ठाउँ नजिकको चौरमा कार्यक्रम सुरु भएको हो ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्नेछन् ।
यसअघि चौराहाबाट एकता सन्देश र्याली भएको थियो । र्यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू भीम रावल, गिरिराजमणि पोखरेल, भानुभक्त जोशी, प्रकाश साह, गरिमा शाह, लगायतका कार्यकर्ताहरूको सहभागिता रहेको छ ।





© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij