Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रियसभाबाट विनियोजन विधेयक स्वीकार, बिहीबार पारित हुने

राष्ट्रियसभाबाट विनियोजन विधेयक स्वीकार, बिहीबार पारित हुने


  • 4.6K
    Shares

    राष्ट्रियसभाबाट विनियोजन विधेयक स्वीकार, बिहीबार पारित हुने
    images

    काठमाडौं । विनियोजन विधेयक, २०७८ राष्ट्रियसभामा स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । शर्माको प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरूले भाग भने लिएनन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद आसनबाट उठेर बैठक अवरुद्ध गरे । बैठकको सुरुवातमै उठेर अवरोध गरे पनि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूको अवरोधलाई बेवास्ता गर्दै बैठकको काम–कारबाही अघि बढाएका थिए ।

    विनियोजन विधेयक, २०७८ स्वीकृत गरियोस् भन्दै अर्थमन्त्री शर्माले राखेको प्रस्तावलाई सत्तापक्षका सांसदहरूले समथर्न गरे भने प्रतिपक्षी दल एमालेका सांसदले उठेर विरोध मात्र जनाएका थिए । त्यसैले अध्यक्ष तिमिल्सिनाले प्रस्ताव बहुमतबाट स्वीकृत भएको घोषणा गरका हुन् ।

    अध्यक्ष तिमिल्सिनाले आउँदो बिहीबार दिउँसो लागि विधेयकमाथिको दफाबार छलफलका लागि समय तोकेका छन् । योसँगै राष्ट्रियसभा बैठक यही असोज ७ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन् ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १४:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij