२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा कानून व्यवसायीहरुले रिट दायर गरेका छन् ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् । सोमबार दिउँसोसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ वटा रिट परिसकेको छ ।
आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन् ।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन् । उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि 'कू' को संज्ञा दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij