Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक


  • 11.7K
    Shares

    काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको सन्दर्भमा काँग्रेसले छलफलको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

    बैठक पुस ७ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने काँग्रेसले जनाएको छ ।

    संसद् विघटनको सवत्र आलोचना तथा विरोध भइरहेको छ। यसैबीच आइतबार आकस्मिक बसेको काँग्रेस पदाधिकारीको बैठकले संसद् विघटन गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ

     

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १६:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij