Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तत्काल संसद बैठक बोलाउन र अध्यादेश फिर्ता लिन कांग्रेसको माग

तत्काल संसद बैठक बोलाउन र अध्यादेश फिर्ता लिन कांग्रेसको माग


  • 10.2K
    Shares

    तत्काल संसद बैठक बोलाउन र अध्यादेश फिर्ता लिन कांग्रेसको माग

    काठमाडौ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।

    कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ भन्दै अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन  माग गरेको हो ।

    कांग्रेस  बैठकमा संसद्लाई थप प्रभावकारी बनाउनका साथै  पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त भएको भन्दै  छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेको छ ।  

    प्रकाशित मिति :पौष ३ २०७७ शुक्रवार - १५:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij