२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं- केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएलगत्तै एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आजै दिउँसो ३ बजे बस्दैछ।
सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्नो पार्टीका २२ जना सांसदलाई अनुशासनको कारबाहीका निम्ति २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
त्यसैगरी, एमाले एकता कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई ग्रहण गर्ने निर्णय गरेको थियो। यिनै विषयबारे छलफल गर्न र मंगलबार पुनः बस्ने केन्द्रीय कमिटी बैठकका अजेण्डा तय गर्न स्थायी कमिटी बस्न लागेको एक नेताले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij