२०८२ भाद्र २ गते सोमवार
राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका शिक्षकलाई निवृत्तभरण अधिकारपत्र लगायत निजले पाउने अन्य सेवा सुविधा साउन १ गतेदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने व्यावस्था मिलाईएको जनाएको छ ।
अर्थिक वर्ष २०७८ ०७९ को आय व्यय वक्तव्यको बुँदा नं. ४१५ ले व्यावस्था गरे अनुरुप कार्यन्वयन गर्ने सम्बन्धमा राष्ट्रिय किताबखाना (शिक्षक) बाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकका निवृत्तभरणसम्बन्धी कार्यहरु मध्ये केही कार्यहरु जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने व्यावस्था मिलाईएको हो ।
उक्त व्यावस्था कार्यन्वयनका लागि अधिकार प्रत्यायोजन गर्न सचिवस्तरीय निर्णय भएको र साउन १ गतेबाट उक्त सेवाहरु प्राप्त गर्न निवृत्तभरण भुत्तानि भइरहेको बैंक अवस्थित जिल्लाकोष तथा लेखा नियन्त्रक कार्यलयमा सम्पर्क राख्न सम्पूर्ण सेवानिवृत्त शिक्षकहरुलाई जानकारी गराएको छ ।
जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै हुने सेवाहरुमा पाना सिद्धिएमा नयाँ अधिकारपत्र बनाउने, हराएमा वा नासिएमा प्रतिलिपि जारी गर्ने, पारिवारिक निवृत्तिभरण अधिकारपत्र तयार गर्ने (नामसारी मात्र), नाम थर संशोधन सम्बन्धी, निवृत्तिभरण रकम संशोधन सम्बन्धि, भुक्तानी नलिएको निवृत्तिभरण रकम भुक्तानि सम्बन्धी र औषधि उपचार सहयोग स्वरुप १० प्रतिशत रकम वृद्धि सम्बन्धी (७५ देखि ८५ वर्ष उमेरको) रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij