Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डले गरे नारायणकाजीको बचाउ, अनावश्यक विवादमा मुछियो 

प्रचण्डले गरे नारायणकाजीको बचाउ, अनावश्यक विवादमा मुछियो 


  • 10.0K
    Shares

    प्रचण्डले गरे नारायणकाजीको बचाउ, अनावश्यक विवादमा मुछियो 

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरेका छन् ।  एउटा हाइड्रोपावरको आर्थिक कारोबारको विषयमा जोडिएपछि आलोचना खेपिरहेका श्रेष्ठको पक्षमा दाहाल देखिएका हुन् ।

    नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग भएको कुराकानीको अडियो तथा भिडियो सार्वजनिक भएपछि श्रेष्ठ विवादमा तानिएका थिए ।

    दाहालले आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारको पछि नलाग्न आग्रह गरेका छन् ।

     उनले लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर उनीहरूबीच रहेको लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै पनि कुरा नगरेकाले भ्रममा नपर्न पनि दाहालले आग्रह गरेको बैठकपछि श्रेष्ठले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १४:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij