Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धमा केन्द्रको यस्तो छ जरुरी सूचना

विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धमा केन्द्रको यस्तो छ जरुरी सूचना


  • 13.7K
    Shares

    विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धमा केन्द्रको यस्तो छ जरुरी सूचना

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सार्वजनिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

    सबै, शिक्षा विकास तथा समन्वय इकाइ, र तोकिएको आधार पुगेका सार्वजनिक विद्यालयहरुलाई सम्बोधन गरिएको सूचनामा आ.व. २०७७–७८ को विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गतको शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान प्राप्त नगरेका सार्वजनिक विद्यालयहरुलाई एकमुष्ट अनुदान प्रदान गरिने कार्यक्रम बारे उल्लेख गरिएको छ ।

    केन्द्रको  सूचनामा ७७ ओटै जिल्लाका सार्वजनिक विद्यालयहरुलाई वार्षिक एकमुष्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६ अनुसार उल्लेखित कागजातहरु संलग्न गरी सम्बन्धित स्थानीय तहको सिफारिसमा साउन मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाइमा कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्न भनिएको छ ।

    हेर्नुहोस् केन्द्रको सूचना

    विषयः सार्वजनिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धी सूचना ।

    श्री शिक्षा विकास तथा समन्वय इकाइ, सबै ।
    तोकिएको आधार पुगेका सार्वजनिक विद्यालयहरु।

    प्रस्तुत विषयमा यस आ.व. २०७७–७८ को विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गतको शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान प्राप्त नगरेका सार्वजनिक विद्यालयहरुलाई एकमुष्ट अनुदान प्रदान गर्ने कार्यक्रम रहेकाले ७७ ओटै जिल्लाका सार्वजनिक विद्यालयको रुपमा संचालित विद्यालयहरुले बार्षिक एकमुष्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६ अनुसार उल्लेखित कागजातहरु संलग्न गरी सम्बन्धित स्थानीय तहको सिफारिसमा मिति २०७७ साउन मसान्त सम्म शिक्षा विकास तथा समन्वय इकाइमा उक्त कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्न र सबै शिक्षा विकास तथा समन्वय इकाइले यसै सूचनालाई आधार मानी दर्ता हुन आएका निवेदन माध्ये तीन शैक्षिकसत्र अगाडि अनुमती पाई सञ्चालनमा रहेका र शुन्य दरबन्दी भएका आधारभूत विद्यालय (कक्षा १–५)को प्राथमिकताक्रम (कार्यविधिको परिच्छेद २ बँदा नं ३ अनुसार) निर्धारण गरी तपसिल अनुसारको ढाँचामा संक्षिप्त विवरण Hard copy र soft copy यस केन्द्र (teachermgt.cehrd@gmail.com) मा मिति २०७७ साउन मसान्त भित्र पठाउन हुन निर्देशानुसार अनुरोध छ ।

    kendra.jpg

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १३:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij