२०८२ भाद्र २ गते सोमवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कुल १२ हजार ८ सय दरबन्दी मिलान गर्नुपर्नेमा हाल सम्म ९,२०० वटा शिक्षक दरबन्दी मिलान गरेको छ । केन्द्रले जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो ।
एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा पठाउनु पर्ने जम्मा ३,३३९ वटा खुदपुल दरबन्दी मध्ये १,१०५ मिलान भइसकेको र २,२३४ दरबन्दी मिलानको प्रकृयामा रहेको केन्द्रका शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले बताउनु भयो ।
त्यसैगरी तल्लो तहबाट बढीभएको दरबन्दी माथिल्लो तहमा गणना हुने कुल ९,४६१ मध्ये ८,०९५ दरबन्दी मिलान भइसकेको र १,३६६ दरबन्दी मिलान गर्न बाँकी रहेको निर्देशक कोइरालाले बताउनु भयो ।
दरबन्दी मिलानको क्रममा मनाङ,मुस्ताङ,तनहुँ र काठमाडौंबाट धरै दरबन्दी कट्टा भएको र अहिले सम्ममा नवलपरासी,वाग्लुङ,सिन्धुलीमा सबै भन्दा धेरै दरबन्दी थपिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij