Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आफै पाठ्यक्रम तयार पार्ने स्थानीय तह कुन-कुन हुन् ?

आफै पाठ्यक्रम तयार पार्ने स्थानीय तह कुन-कुन हुन् ?


  • 6.2K
    Shares

    आफै पाठ्यक्रम तयार पार्ने स्थानीय तह कुन-कुन हुन् ?

    दश स्थानीय तह रहेको बैतडीका तीन स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेका छन्। पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन्।

    स्थानीय पाठ्यक्रम तयार गरेर स्वीकृत भइसकेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए। आधारभूत तह १ देखि ३ कक्षा सम्मको पाठ्यक्रम निर्माण भएर नगरकार्यपालिकाबाट स्वीकृत भइसकेको छ।

    स्थानीय संस्कृति, जनजीवन, भूगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए। स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागू हुने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ।

    मेलौली नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर  चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। कक्षा १ देखि ३ सम्मको आधारभूत तहमा चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको हो। कक्षा १० सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएसँगै कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको  नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए।

    पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रमलाई नगरकार्यपालिकाले स्वीकृत गरेपछि लागु गरिएको हो । १६० घण्टा शिक्षण गर्ने विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारिएका छ। उनले भने‚ 'सातवटा सिद्धान्तमा आधारित रहेर स्थानीय पाठ्यक्रम तयार गरेका हौं । स्थानीय भाषा, संस्कृति, वेषभूषा, खानपान, रहनसहन, चालचलन र संस्कृति समेटिएको छ।'

    पाठ्यक्रममा समेटिएका विषयवस्तुका बारेमा शिक्षकलाई समेत जानकारी गराइएको छ। पाठ्यक्रममा भएका विषयवस्तुलाई प्रभावकारी रुपमा शिक्षण गराउन सहज होस् भनेर पाठ्यक्रमका विषयमा जानकारी दिइएको हो। जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यसअघि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेको छ। शिवनाथ आधारभूत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पार्ने जिल्लाको पहिलो स्थानीय तहसमेत हो।

    शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो। गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रबाटै  चालु शैक्षिक सत्रदेखि पढाइ हुने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिइन्। स्थानीय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, भाषा, वेषभूषालगायतका कुरा समेटिएका छन्। यस्तै‚ स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमासमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको बताइएको छ। स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुले विद्यार्थीमा स्थानीय परिवेशका विषयमा शिक्षा दिने अपेक्षा गरिएको छ। जिल्लाका अन्य सात स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेको जनाएका छन्।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १३:१७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij