Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काेरियाले राखेका सर्तहरु पालन गरेर नेपालीलाई कोरिया पठाउन सरकारले यसरी काम थाल्यो

काेरियाले राखेका सर्तहरु पालन गरेर नेपालीलाई कोरिया पठाउन सरकारले यसरी काम थाल्यो


  • 11.4K
    Shares

    काेरियाले राखेका सर्तहरु पालन गरेर नेपालीलाई कोरिया पठाउन सरकारले यसरी काम थाल्यो

    लामाे समय देखि रोकिएको नेपाली श्रमिकहरु दक्षिण काेरिया लैजाने प्रक्रिया सुरु गर्न दक्षिण काेरियाले राखेका सर्तहरु नेपालले पालना गर्नकाे लागि आन्तरिक तयारी सुरु गरेको छ । सरकारले वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारहरूलाई बीमा गराउन कम्पनीहरूको खोजी गरेको छ ।

    इपीएस कोरिया शाखाका अनुसार कोरिया सरकारले नेपाली कामदार लानका लागि शर्त राखेकोले बिमा गर्नलाई कम्पनीहरू सूचीकृत गर्न लागेको हो । कामदार आफैँले बीमाको प्रिमियम रकम तिर्नुपर्ने ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए ।

    विभागले साउन ७ गतेभित्र ईच्छुक कम्पनीहरूले निवेदन बुझाउन आह्वान गरेको छ । कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि पाँच हजार डलर बीमा गराउने तयारी गरेको हो । बीमा प्रिमियमबापतको रकम कुनै पनि सेवा शुल्क नलिई र नकटाई सेवा दिने शर्तमा बीमा कम्पनीहरूसँग सम्झौता गर्नेछ ।

    koria.jpg

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १५:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij