२०८२ माघ ७ गते बुधवार
माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल समूह नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन पुगेको छ । उसले माओवादी केन्द्र खारेजीको माग गरेको हो ।
९ वर्षदेखि महाधिवेशन नगरेको माओवादीको कमिटीले गरेको कारबाही वैध हुन नसक्ने र माओवादी केन्द्र आफैँमा अवैध रहेको उनीहरूको दाबी छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता भएको बताए ।
उनले भने -'निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दर्ता भएको छ । आयोगले त्यसबारे आवश्यक जाँचबुझ गर्छ।'
प्रचण्ड बिरुद्द जाई लागेका उनीहरुले प्रधानमन्त्री केपी ओली र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया संगको वार्ता पछि निवेदन दिएका हुन्।
सचिवको कार्यकाल सकिनु एक बर्ष अघिनै थपलियालाई ओलीले आयोगको प्रमुख बनाएका थिए। संखुवासभाका थपलिया एमालेका संगठित सदस्य र ओलीका भरपर्दा पात्र हुन्। आयोगका सचिव सुरेश अधिकारी पनि थपलियाकै जिल्लाबासी भएकाले उनले आफुले चाहे अनुसारको निर्णय गर्न सक्ने बताइन्छ।
प्रचण्डलाई देखाइदिनकै लागि मात्र भएपनि बादललाई ओलीले काँध हालेर ढाडमा टेकेर प्रचण्डको टाउकोमा घन हान्ने रणनिती अख्तियार गरेका छन्।
आज आयोगको कार्यालयमा लीलबहादुर थापासहितका नेताहरू निवेदन लिएर पुगेका थिए । सर्वोच्च अदालते २३ फागुन २०७७ मा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु शाह एमालेमा प्रवेश गरेसँगै उनीहरूको सांसद पद गुमेको थियो । मणि थापासहित २३ जना माओवादीबाट एमालेमा प्रवेश गरेका थिए । उनीहरुले सर्बोच्चमा समेत रिट हाल्ने तयारी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij