Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले माधव नेपाललाई दिएको चेतावनीको आयू अब चार घण्टा मात्रै, के गर्दैछन् ५ बजे ओली ?

ओलीले माधव नेपाललाई दिएको चेतावनीको आयू अब चार घण्टा मात्रै, के गर्दैछन् ५ बजे ओली ?


  • 6.6K
    Shares

    ओलीले माधव नेपाललाई दिएको चेतावनीको आयू अब चार घण्टा मात्रै, के गर्दैछन् ५ बजे ओली ?

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज साँझ बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका थिए । ओलीले आफु निकट केन्द्रीय कमिटी बैठकमा ओलीले हस्ताक्षर फिर्ता नलिए एमाले हुन नसक्ने बताएका थिए । 

    अहिलेसम्‍म ओलीले यस्तो चेतावनी धेरै पटक दिएकाले आफुहरूले केही तयारी नगरेको नेपाल समूहका नेता विरोध खतिवडाले बताए । "ओलीले यस्तो चेतावनी अहिलेसम्‍म धेरै पटक दिए" खतिवडाले  भने "हाम्रो केही तयारी छैन । पाँच बजेपछि जे गर्छन् गरुन् ।"

    ‘सर्वोच्च अदालतको संवैधानिक इजलासबाट रिटको फैसला हुँदासम्म पार्टी नेतृत्वको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर कायम राख्‍ने पार्टीका नेता कार्यकर्ता होइनन्,’ ओलीभनेका थिए, "अदालतको फैसला आउँदासम्म पनि हस्ताक्षर फिर्ता नगर्नेलाई फैसला आएको भोलिपल्ट बस्‍ने केन्द्रीय समिति बैठकले असाधारण निर्णय गर्नेछ ।" 

    कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गर्दा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १३:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij