Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रामचन्द्रलाई प्रधानमन्त्रीमा थन्क्याएर शेखर सभापति बन्न यसरी खोल्दैछन् ट्रयाक

रामचन्द्रलाई प्रधानमन्त्रीमा थन्क्याएर शेखर सभापति बन्न यसरी खोल्दैछन् ट्रयाक


  • 6.4K
    Shares

    रामचन्द्रलाई प्रधानमन्त्रीमा थन्क्याएर शेखर सभापति बन्न यसरी खोल्दैछन् ट्रयाक

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार नेता डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्‍न प्रस्ताव गरेका छन् ।  पौडेल निवास बोहोराटारमा भएको दुई नेताबीचको आजको  ‘वानु टु वान’ छलफलमा नेता डा. कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न र लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेका हुन् । 

    विहान करिब डेढ घण्टा भएको छलफलमा सुरुमै नेता पौडेलले डा. कोइरालालाई सभापतिमा सघाउन भनेका थिए । बोहोराटार निकट स्रोतका अनुसार पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताएका थिए ।

    ‘मलाई एक पटक सभापति बन्ने ठूलो इच्छा छ । अहिले मलाई छोडिदिनुस्, एक वर्षपछि म तपाईलाई नै सहयोग गर्छु । अहिलेसम्मको राजनीतिक अनुभवलाई पार्टी नेतृत्वका रूपमा एक वर्षमै कार्यान्वयन गर्ने मेरो इच्छा पूरा गर्न सहयोग गर्नुस्,’ पौडेलको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो । 

    पौडेलको त्यो प्रस्ताव पछि नेता डा. कोइरालाले लामो राजनीतिक अनुभव प्रधानमन्त्रीका रूपमा कार्यान्वयन गर्न सहज हुने भन्दै आफूलाई सभापतिमा समर्थन गर्न र प्रधानमन्त्रीको उम्मेदवार बन्न भनेका थिए । उनले आफूलाई सभापतिमा सहयोग गरेर २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेर अघि बढ्नेसमेत बताएका स्रोत बताउँछ । 

    ‘तपाईप्रति पार्टीमा सबैको सम्मान छ । आम नागरिकले पनि तपाइँलाई सम्मान गर्छन् । लामो राजनीतिक अनुभव छ । सभामुख, पटक-पटक मन्त्री, उपप्रधानमन्त्री भएको अनुभव प्रधानमन्त्री भएर कार्यान्वयन गर्नुपर्छ । तपाइँ प्रधानमन्त्रीको उम्मेदवार बन्‍नुस् । मलाई सभापतिमा सहयोग गर्नुस्,’ डा. कोइरालाको भनाइ थियो । 

    तर, पौडेल भने उको प्रस्तावमा हुन्छ/हुन्‍न नभनी मौन बसेका थिए । 

    दुई नेताले भित्र छलफल गरिरहँदा नेविसंघका पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र प्रतिमा गौतम, पूर्वविद्यार्थी नेता प्रमोदहरि गुरागाइँ तथा निवर्तमान सांसद प्रकाश स्नेही बोहोराटारमा बाहिर बसेका थिए ।  उनीहरूले पनि दुई नेतालाई मिलेर अगाडि बढ्न सुझाएका थिए । स्‍नेही पौडेलको सिफारिसमा निवर्तमान प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसद थिए । 

    यसैबीच तीन दिन अगाडि डा. शेखरले युवा नेता गगन थापा र पूर्वमहामन्त्री र अहिले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई बुढानीलकण्ठमा भेटेका थिए । उनले गगनलाई महामन्त्रीको उम्मेद्वार बनाउने र सिंहलाई सभापतिमा सघाए अन्य जुनसुकै पदमा सघाउन तयार रहेको भन्दै  सघाउन आग्रह गरेका थिए । 

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १६:४४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij