Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दियालोमा रामचन्द्र पौडेलले देखाए आफ्नो शक्ति,पौडेलको जमघटमा देउवालाई देखाउन को-को पुगे ?

दियालोमा रामचन्द्र पौडेलले देखाए आफ्नो शक्ति,पौडेलको जमघटमा देउवालाई देखाउन को-को पुगे ?


  • 6.4K
    Shares

    दियालोमा रामचन्द्र पौडेलले देखाए आफ्नो शक्ति,पौडेलको जमघटमा देउवालाई देखाउन को-को पुगे ?

    काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिको उम्मेदवारका प्रमुख पात्रमध्येका एक  रामचन्द्र पौडेलले सक्रियता बढाएका छन।  कांग्रेसको आन्तरिक राजनीति महाधिवेशनले यतिबेला तातेको छ । नेताहरु आफ्नो आफ्नो तयारीमा लागेका छन् ।  वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनको विषयमा छलफल गर्न आफूनिकटका नेताहरुको भेला बोलाएका हुन्  ।  

    आज शुक्रबार काठमाडौँको बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेलले आफू पक्षका नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, शेखर कोइराला, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, बद्री पाण्डे, कल्याण गुरुङ, गुरुराज घिमिरे, कमला पन्त, जीवन परियार लगायत सहभागी रहेको एक नेताले जानकारी दिए ।    
    सभापति शेरबहादुर देउवाले आफू निकटको भेलामा पुनः सभापति दोहोरिने बताइसकेका छन् । पौडेलले पनि आफ्नो पक्षका नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरेको बताइएको छ । 

    वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले छलफलमा काठमाडौँ उपत्यकामा उपलब्ध सबै नेता छलफलमा सहभागी भएको बताए । नेताहरुबीच क्रियाशील सदस्यता छानबिन समितिले काम गर्न नसकेको, प्रगती प्रतिवेदन सार्वजनिक गर्न नसकेको विषयमा छलफल भइरहेको अधिकारीले बताए ।कांग्रेसको १४  औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा हुने  कार्यसूची छ । 

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १६:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij