Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सभापति हत्याउन रामचन्द्र पौडेलले लगाए पार्टी प्यालेसमै भण्डारा, देउवालाई सुताउन अन्तिम झड्का हान्ने 

सभापति हत्याउन रामचन्द्र पौडेलले लगाए पार्टी प्यालेसमै भण्डारा, देउवालाई सुताउन अन्तिम झड्का हान्ने 


  • 8.6K
    Shares

    सभापति हत्याउन रामचन्द्र पौडेलले लगाए पार्टी प्यालेसमै भण्डारा, देउवालाई सुताउन अन्तिम झड्का हान्ने 

    काठमाडौँ। यहि भदौमा हुने भनिएको नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति हत्याउन रामचन्द्र पौडेलले अन्तिम झट्का भन्दै सक्रियता बढाएका छन्।  उता सभापति शेर बहादुर देउवा फेरी दोहोरिने घोषणासहित सातै प्रदेशका आफू पक्षका केन्द्रीय सदस्यसँग परामर्शमा छन्।

    सभापतिका अर्का आकांक्षी उपसभापति विमलेन्द्र निधि केन्द्रीय सदस्य सँगै नेताहरू प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइरालासँग पनि परामर्श गरी अघि बढेका छन्।

    नेता शेखर कोइराला समीकरण बनाउने अभ्यासमा सक्रिय छन् भने सुजाता कोइरालाले आफू पनि उठ्ने दाबी सार्वजनिक गरिसकेकी छन्।

    तर सभापतिका लागि दाबेदार र स्पर्धी देखिएका रामचन्द्र पौडेल यसबीचमा मौन थिए। कोइराला पक्षको आधिकारिक उम्मेदवार रहेको दाबी गर्ने उनले देउवाइतरका सबै मत पाउने आशा पनि गरेका थिए।

    यद्यपि, उनी यसबीचमा किन मौन रहे ? उनीनिकट एक केन्द्रीय सदस्य भन्छन्,‘कसको चाहना के हो ? स्थिति कसरी अगाडि बढ्ला भनेर हेर्नुभएको हो।’

    पौडेलले पनि बिहीबार आफ्नो दाबीबारे दियालो फूडल्यान्डमा घोषणा गर्ने भएका छन्। त्यसका लागि उनले आफूनिकट रहेका केन्द्रीय सदस्यको अलग भेला डाकेका छन्।

    पौडेलको पहिलो जोड सहमतिमा आफूलाई सभापति दिनुपर्ने रहनेछ। उनले यसअघि पनि सिंहको चाक्सीबारीस्थित बैठकमा यहि अडान राखे। बरु, महाधिवेशन नहुने अवस्थामा दुई बर्ष सार्ने र त्यसअवधि आफू सभापति बन्ने उनको चाहना राखेका थिए। तर, सबैले नकारिदिएपछि उनी मौन भएका थिए।

    १३ औं महाधिवेशनमा देउवासँग भिडेर पहिलो राउन्डमा निर्णय गराउनका लागि बाधक बनेका उनलाई दोस्रो राउन्डमा धक्का लागेको थियो। देउवाइतर समूहको पर्याप्त समर्थन रहेको बताउने उनी महाधिवेशनयता सभापतिकै लागि अभ्यासरत थिए।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १५:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij