Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी

कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी


  • 10.2K
    Shares

    कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको जानकारी दिए । 

    'अब कक्षा १२ को परीक्षा गराउन छलफल गरिरहेका छौँ । सम्भवतः साउनको अन्तिम साता या भदौमा गरिसक्छौँ होला,' उनले  भने । कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

    यस्तै, बोर्डले आन्तरिक मुल्यांकनबाट एसईई परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो । जसअनुसार असार मसान्तभित्रमा एसईईको नतिजा प्रकाशित भइसक्ने उनले जानकारी दिए । यसैगरी कक्षा ११ को अन्तिम मुल्याङ्कन असारभित्रै गरिसक्नुपर्ने छ । यसका लागि बोर्डले विद्यालयलाई अनुरोधसमेत गरिसकेको छ ।

    बोर्डले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न गत वर्ष नै कार्यविधि बनाइदिएको थियो । अहिले पनि सोहीअनुसार मुल्याङ्कन गर्न बोर्डले विद्यालयलाई भनेको हो । 

     

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १६:५९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij