Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित

विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित


  • 309
    Shares

    विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
    images

     काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।
    भर्खरै सम्पन्न खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।

    इमरान शेखले ३९ तथा आन्द्रे रसेलले ३३ रन जोडे । मात्र १७ बल खेलेका रसेलले ४ छक्का र १ चौका प्रहार गर्दा दर्शकबाट व्यापक हुटिङ चल्यो । यस्तै, लोकेश बमले २६, बसिर अहमदले १३ रन जोडे ।

    बलिङतर्फ चितवनका कमल सिंह ऐरी एक्लैले चार विकेट लिए । यस्तै, रिजन ढकालले दुई तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन जोड्यो ।

    उसका लागि डेविड मलानले अर्धशतक बनाउँदै ७० रनको योगदान दिए । उनले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै, रवि वोपारा ३२ तथा डान मोस्ली २९ रनमा अविजित रहे । देव खनालले १२ रन जोडे ।

    बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १६:३४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij