२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा चितवनले १५८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन जोड्यो ।
उसका लागि डेविड मलानले अर्धशतक बनाउँदै ७० रनको योगदान दिए । उनले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै, रवि वोपारा ३२ तथा डान मोस्ली २९ रनमा अविजित रहे । देव खनालले १२ रन जोडे ।
बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij