Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न प्रहरीसँगै सेना खटाइने

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न प्रहरीसँगै सेना खटाइने


  • 358
    Shares

    फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न प्रहरीसँगै सेना खटाइने
    images

    पेरिस। फ्रान्स सरकारले हिंसा र लुटपाट नियन्त्रण गर्न आगामी शनिबार हुने प्रदर्शनमा प्रहरीसँगै सेना परिचालन गर्ने निर्णय गरेको छ।

    प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सुरक्षा व्यवस्थामा कमजोरी भएको स्वीकार गर्दै आगामी प्रदर्शनका लागि कडा सुरक्षा व्यवस्था लागू गरिने बताएका छन्। गृहमन्त्री लरेन नुनेजले पनि विगतका घटनाबाट पाठ सिक्दै सुरक्षा रणनीति परिवर्तन गरिने जनाएका छन्।

    महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवामा बजेट अभावको विरोधमा विद्यार्थी संगठन तथा ‘यल्लो भेस्ट’ समूहले प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्। हिंसा र लुटपाटका कारण व्यवसायमा ठूलो क्षति पुगेको छ भने फ्रान्सको अर्थतन्त्रमा समेत दबाब बढेको छ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - १२:३५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij