२०८३ आश्विन २९ गते बिहिवार
दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेको उल्लेख गर्दै उनले बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको गरेकी छन । दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर उनलाई श्रीमानको रिक्त शिक्षक पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् ।
उनले दंगालजस्तै भोटेकोशी बाढीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता भएको उल्लेख गर्दै उनीहरूका परिवारलाई सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताएकी छन् । बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सकिने भन्दै सांसद भण्डारीले दंगाल परिवारबाटै यसको शुरुवात गर्न सरकारसँग आग्रह गरेकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij