२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सैनिक अस्पतालको आईसीयूभित्रै अन्तर्वार्ता लिइएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। काउन्सिलले यस विषयमा जानकारी आएको र अहिले थप अध्ययन भइरहेको जनाएको हो।
काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठले काउन्सिलको इथिकल कमिटीबाट घटनाको अध्ययन हुने बताएका छन् ।
सुरजसिंह ठकुरीले प्रोटोकल मिचेर आईसीयूमा उपचाररत सञ्जय शाह र कबिर महर्जनको अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा ठकुरीले चिकित्सकको अनुमति लिएको दाबी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij