Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना


  • 841
    Shares

    म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
    images

    काठमाडौं । दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरेको हो ।

    मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदाना बिक्री गरेको पाइएपछि जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

    खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्तीको टोलीले पसलमा अनुगमन गरेको थियो । समय नाघेका पशुदाना बिक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदन प्राप्त भएपछि दास किराना पसललाई खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम रु दुई लाख जरिवाना गरिएको हो ।

    अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’ का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात् ४९० किलोग्राम पशुदाना म्याद नाघेको अवस्थामा पसलबाट भदौ २२ गते बरामद गरिएको थियो ।

    बरामद पशुदानाको बोरामा उत्पादन विसं २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर उल्लेख छ । उक्त पसलले भदौ १४ गते एक बोरा पशुदाना स्थानीय जयप्रसाद आचार्यलाई बिक्री गरेको पाइएको थियो । सो पशुदाना खाएर उनले पालेको गाई बिरामी भएको थियो । बिरामी गाईको उपचारमा रु चार हजार खर्च भएको आचार्यले बताए ।

    प्रचलित बजारको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि बुद्धशान्ति गाउँपालिका–३ बुधबारेस्थित शिवम् ट्रेड एण्ड सप्लायर्समा आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापाले सोमबार संयुक्त अनुगमन गरेका छन् ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डिल्लीराम चौलागाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दनसमेत रहेको टोलीले उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा शिवम् ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर नारायण कडरियालाई तीन दिनभित्र आर्थिक वर्ष २०८२/८३ का बिल बिजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    बजारमा प्रतिकेजी रु १२५ मा पाइने काँडेतारलाई उक्त पसलले प्रतिकेजी रु ३६० सम्ममा बिक्री गरेको बिल र रकम भुक्तानीको प्रमाणसहित पीडित उपभोक्ताले प्रशासनमा उजुरी दिनु भएपछि पसलमा अनुगमन गरिएको जनाइएको छ ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १३:०४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij