Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस

उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस


  • 876
    Shares

    उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस
    images

    काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलसहित तीनजनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

    पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस गरिएको छ । त्यस्तै जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गर्ने गरी न्यायाधीशमा सिफारिस गरिएको छ ।

    फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । उनलाई उच्च अदालत विराटनगरमा पदस्थापनका लागि सिफारिस गरिएको हो ।

    यसैगरी न्यायपरिषद्ले तीनजना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । सहसचिवहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गरिएको हो ।

    बढुवापछि कट्टेल र बाबुराम दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार तथा रामप्रसाद भट्टराईलाई न्यायपरिषद्को सचिवका रूपमा जिम्मेवारी दिने निर्णय भएको छ ।

    परिषद्को निर्णयसँगै उच्च अदालतमा तीन नयाँ न्यायाधीशको सिफारिस तथा न्यायिक प्रशासनतर्फ महत्वपूर्ण पदमा जिम्मेवारी हेरफेर भएको छ । 

    adalat.jpg

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १२:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij