Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका कैदी झन्डै डेढ करोड ठगी आरोपमा पक्राउ

जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका कैदी झन्डै डेढ करोड ठगी आरोपमा पक्राउ


  • 1.0K
    Shares

    जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका कैदी झन्डै डेढ करोड ठगी आरोपमा पक्राउ
    images

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका जबरजस्ती मुद्दाका कैदी नक्कली सुन देखाएर रकम ठगी गर्ने क्रममा पक्राउ परेका छन् ।

    ओखलढुङ्गा, सिद्धीचरण नगरपालिका-१ घर भई काठमाडौं, नयाँ बसपार्क बस्ने २८ वर्षीय अनिष थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार बेलुकी ६ बजे टोखा ९, मिलनटोलस्थित एक गेष्ट हाउसबाट प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    उनले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक-पटक गरी १ करोड ३९ लाख ३० हजार रूपैयाँ ठगेको प्रहरीको भनाइ छ । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।

    उनी जबरजस्ती करणी मुद्दामा कैद रहेकै अवस्थामा गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ११:५१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij