Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

चिलिमेबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास छः इन्जिनियर श्रीराम न्यौपाने

चिलिमेबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास छः इन्जिनियर श्रीराम न्यौपाने


  • 1.0K
    Shares

    चिलिमेबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास छः इन्जिनियर श्रीराम न्यौपाने
    images

    काठमाडौं । इन्जिनियरसमेत रहेका रास्वपाका सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गरेका छन्।

    भदौ १० गते भोटेकोसी नदीले गरेको विनासपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा धेरै मानिसहरु फसिरहेको आशंका छ। त्यहाँ अहिले उद्धार कार्य जारी छ। 

    उद्धारमा सक्रिय न्यौपानले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा त्रिशुली–३ ए मा जस्तै चिलिमे जलविद्युत आयोजनाबाट पनि नागरिकको जिवितै उद्धार हुने विश्वास व्यक्त गरेका हुन्। 

    ‘त्रिशुली–३ ए जलविद्युत आयोजनामा उद्धारमा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुशी लागेको छ। १० दिनपछि २ जनाको सकुशल उद्धार भई सञ्जय साह अस्पतालबाट डिस्चार्ज हुनुभएको सुखद खबरले उत्साहित बनाएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस्तै शुभ समाचार चिलिमे जलविद्युत आयोजनाबाट पनि छिट्टै सुन्न पाइने विश्वास छ।’

    Screenshot_2026-09-12_091406_LZ1sNpttft.png

    प्रकाशित मिति :भाद्र २७ २०८३ शनिवार - १०:५१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij